| |

झापामा फेरि आगलागी, गोठभित्रै खसीबाख्रा जलेर मरे

झापा । झापा गाउँपालिका– ६ बस्ने शकुन्तला खड्काको गोठमा आगलागी हुँदा दुईवटा खसीबाख्रा जलेर मरेका छन् । हिजो राति १० बजेको समयमा खड्काको गोठमा खोले पकाउने क्रममा चुलोबाट अचानक आगो सल्कन गई आगलागी भएको हो ।

आगलागीबाट टिनको छानो टाटी बेरा भएको गोठ पूर्ण रुपमा जल्दा गोठभित्र रहेका एउटा खसी र एउटा बाख्रासमेत जलेर मरेका छन् ।आगलागीबाट अन्दाजी १ एक लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी शरणामतिबाट खटिएको प्रहरी टोली र स्थानीयबासी समेतको सहयोगमा राति पौने ११ बजे आगो पूर्ण रुपमा निभाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Similar Posts