|

चारआली जेसीजमा पराजुली

ad

मेचीनगर । चारआली जेसीज वर्ष २०२४ को अध्यक्षमा भोजराज पराजुली सर्वसम्मत निर्वाचित भएका छन् ।

शाखाको ११ औँ वार्षिक साधारणसभाबाट अध्यक्षमा पराजुली सर्वसम्मत चयन भएका निर्वाचन अधिकृत बिरबहादुर बेघाले जानकारी दिए । अधिवेशनबाट शाखाको कार्यकारिणी उपाध्यक्षमा विवेक सुन्दास र मानविर राजवंशी तथा उपाध्यक्षहरुमा पुजा घिमिरे, गोविन्द पाठक (कपिल), अंजित प्रसाईं र रिसभ ढकाल सर्वसम्मत निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष पराजुलीले अन्य बाँकी पदहरुमा भने शाखाको पद हस्तान्तरण समारोहमा मनोनीत गर्नेछन् ।

Similar Posts