सरस्वती माबिमा रक्तदान
रोङ । रोङ गाउँपालिको वडा नम्बर – ६ मा रहेको सरस्वती माध्यमिक बिद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रोङ गाउँपालिका वडा न ६ को सरस्वती माध्यामिक बिद्यालयमा क्रियाशिल रहेको जुनियर रेडक्स सर्कलको आयोजना र नेपाल रेडक्रस सोसाईटि हासपोखरी उपशाखाको समन्वयमा भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका हुन् ।
प्रत्येक शुक्रवारलाई सृजनात्मक शुक्रवार बनाउन वालसहभागिता कार्यक्रम गर्ने गरेको बिद्यालयमा भएको रक्तदान कार्यक्रममा गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वो,वडा न.ं ६ का अध्यक्ष सत्यम राई चौरासे,प्रधानाध्यापक गोबिन्द पौडेल,बिब्यास अध्यक्ष प्रेम साङपाङ लगायतले रगतदान गरेका थिए ।
जुरेस सभापति बिन्या प्रधानको अध्यक्षतामा भएको कार्यक्रम गाउँपालिका अध्यक्ष मनिकुमार स्याङवोले उद्घाटन गरेकाथिए ।