| |

झापा प्रहरीको सफलता – १ सय ३० जना फरार प्रतिवादी पक्राउ

ad


झापा । जिल्ला प्रहरी कार्यालय झापाले आपराधिक घटनाका फरार प्रतिवादीलाई धमाधम पक्राउ गरिरहेको छ । चालू आथिक बर्षमा १ सय ३० जना प्रतिवादी पक्राउ परेका छन् । अदालतको फैसला कार्यान्वयन क्रममा आर्थिक बर्ष ८०÷८१ को पुष १७ गतेसम्ममा १ सय ३० प्रतिवादी पक्राउ गरि अदालत बुझाइएको झापा जिल्ला प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।

लागुऔषधमा २० जना जबरजस्ती करणीमा १२ जना,बैकिङ कसुरमा १६ जना, चोरी डकैतीमा १६ जना, कुटपिटमा १० जना, सवारी ज्यानमा ११ जना, झुटा विवरण पेश गरि नागरिकता बनाईएकोमा ५ जना, पशुपंक्षी सम्बन्धि कसुरमा ९ जना सरकारी छाप दस्तखत किर्तेमा ८ जना फरार प्रतिवादी पक्राउ गरिएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो । त्यस्तै गाली बेईज्यतीमा ८ जना, चलन हटकमा ४ जना बालयौन दुरुपयोगमा ४ जना अभद्र व्यवहारमा ६ जना र कर्तव्य ज्यानका १ जना गरि १ सय ३० फरार प्रतिवादी पक्राउ गरिएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गर्न विशेष सक्रियता बढाएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । विभिन्न आपराधिक घटनामा संलग्न भएर अदालतबाट दोषी ठहर भइसक्दासमेत फरार रहेकालाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको उहाँको भनाई छ ।

जिल्ला अदालत झापाले १ सय ३० जनालाई छुट्टाछुट्टै मुद्धामा ८४ बर्ष ९ महिना १ दिन कैद भुक्तानी र १ करोड ९८ लाख ६ हजार उनान्सय जरिमाना गरिएकोे प्रहरीले जनाएको छ । फौजदारी र देवानी मुद्दामा दोषी ठहर भइसकेका अपराधीलाई दैनिकजसो पक्राउ गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजाललेले बताउनभयो । उहाँले प्रहरीले प्रतिवादीलाई पक्राउ गरेर बुझाएपछि अदालतले कैद सजाय भुक्तान र जरिवानाका लागि कारागार चलान गर्ने गरेको बताउनुभयो ।

कार्य सम्पादनमा प्रहरी कार्यालय झापा उत्कृष्ट

नेपाल प्रहरीको कार्य सम्पादनमा मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय झापा उत्कृष्ट भएको छ । नेपाल प्रहरी कार्य योजना तथा वार्षिक कार्य सम्पादन सम्झौता, २०८० लाई प्रभावकारी बनाउने उद्देश्य अनुसार कोशी प्रदेशअन्तर्गत रहेका प्रहरी कार्यालयहरूमध्येबाट कार्तिक र मङ्सिर महिनामा जिल्ला प्रहरी कार्यालय झापाले उत्कृष्ट कार्य गरेको हो ।

प्रहरीको वार्षिक कार्य योजना कार्यान्वयन गर्नुपर्ने बुँदागत विषयहरूमा कार्तिक र मङ्सिर महिनासम्म गरेका कार्यहरूको प्रगति विवरण समीक्षा गर्दा प्रहरी कार्यालय झापाले कार्य योजना अनुसार उत्कृष्ट कार्य गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरी कार्यालय झापालाई कोशी प्रदेश प्रहरी प्रमुख तथा डीआइजी राजेशनाथ बास्तोलाले उत्कृष्ट कार्य सम्पादनको बधाईसहित प्रशंसा पत्र प्रदान गरेको छ । 

डीआइजी बास्तोलाले कोशी प्रदेश अन्तरगत रहेका अन्य प्रहरी कार्यालयहरूले समेत कार्य योजना अनुसार प्रहरी कार्य गरिरहेको तथा आगामी दिनमा तीव्रताका साथ निरन्तर रुपमा लागि पर्न निर्देशन समेत दिएका छन् । प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मी र डीएसपी खगेन्द्रप्रसाद रिजालले जिल्लाको नेतृत्व गर्दै आएको छ । 

Similar Posts