| |

चिया बगानमा झुन्डिए एक युुवा, खुलेन अझै पहिचान

ad


बिर्तामोड । झापाको बिर्तामोड–६ मा रहेको चिया बगानमा बिहिवार बिहान एकजना युवा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

बिर्तामोड बजार नजिकै पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको चिया बगानमा रहेको रुखमा झुन्डिएको ती युवाको अहिलेसम्म पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्कीले जानकारी दिनुभयो ।

अहिलेसम्म पनि सनाखत हुन नसकेकाले सव घटना स्थलमा नै रहेको उहाँले बताउनुभयो । इलाका प्रहरी कार्यालय अनारमनीको टोली घटनास्थल रहेको छ ।

Similar Posts