|

जिर्मले लिगकाे तेश्राे हप्ता सकियाे

गाेबिन्द पाेडेल

राेङ फुटबल खेलकाे बिकासकाे लागि खेलाउन थालिएकाे जिर्मले फुटबल लिगले तेश्राेहप्ता पार गरेकाे छ ।

हरेक शुक्रबार र शनिवारवडाकाे चारवटा बिभिन्न खेल मैदानमा दुई दुई खेल लगातार नाै हप्तासम्म छत्तिस पटक हुने भएकाे छ भने हरेक खेलमा उत्कृस्ट खेलाडिलाई वडा भित्रका कर्मचारि,शिक्षक हरुले नगद पुरस्कार प्रदान गर्ने गरेकाे वडा सचिव खगेन्द्र खतिवडाले बताए ।

वडाकाे लामिटार,कुवापानी,सलकपुर र रम्भ्याङकाे खेलमैदानमा अालाेपालाे गरि खेलाईने जिर्मले लिग हालसम्म रम्भ्याङ बाहेककाे खेल मैदानमा खेलाईएकाे छ भने रम्भ्याङकाे खेलमैदानकाे सामान्य मरमत पछि खेल हुने छ ।

फुटबल खेल बिकासकाे लागि वडाले चालु बर्षमा एकलाख पचास हजार रकम बिनियाेजन गरिएपनि खेल सम्पन्न गर्न रकम अपुग हुने निश्चित देखिएकाे छ । जसकाे लागि सहयाेगिहरुवाट सामान्य सहयाेग हुन पनि थालेकाे खतिवडाले बताए ।वडाकाे खेल बिकासकाे लागि वडा स्तरमा स्थानिय सरकारले पहल गरेकाे पहिलाे अभ्यास नमुनाकारी नै रहेकाे खेल बिश्लेसकहरुले गरेका छन् ।

Similar Posts