राेङ स्वास्थमा नयाँ प्रयास : हटाइयो कागजी प्रयाेग
गोविन्द पौडेल
रोङ । रोङ गाउँपालिकाले नयाँ प्रयोगको थालनी गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले कागजको प्रयोग हटाउँदै डिजिटल माध्यममा दस्तावेज राख्न सुरु गरेको हो । कागजी ढड्डालाई विस्तापित गरी डिजिटल प्रविधिबाट रेकर्ड राखिने भएको हो ।
यसका लागि रोङ गाँउपालिकाले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली सफ्टवेयर सञ्चालनसबन्धि तालिम प्रदान गरेको छ । पालिकाको सभाहलमा सञ्चालित तालिममा २२ जना स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले जानकारी दिए ।
तालिमिमा गेट्वे सर्भिस एण्ड टेक्नोलोजी प्रा लि का सञ्चालक विकासजंग कार्की र विमल कट्टेलले सफ्टवेयर सञ्चालनका सम्बन्धमा सहजिकरण गरेका थिए । तालिमकाे व्यस्थापन नवीन घिमिरेले गरेका थिए । तालिमपछि यसअघि ढड्डामा लेखिँदै आएकोमा अब स्वास्थ्य संस्थाका सबै डाटा सफ्टवेयरमा अपलोड गरिने शाखा प्रमुख युवराज काफ्लेले बताए । ढड्डा विस्थापित गरी डिजिटल गर्ने रोङ गाँउपालिका इलाम जिल्लाकै पहिलो भएको छ। रोङ गाँउपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले रोङ गाँउपालिकाको सम्मूर्ण कामहरू विस्तारै सबै डिजिटल गरिने पनि बताए ।
कागजमा लेखिएका दस्तावेज मेटिने भएकाले डिजिटलाइजेसन गर्दा सहज हुने उनले बताए । स्वास्थ्यकर्मीहरूले सेवाका लागि ५२ प्रकारका कागजी अभिलेख तयार गर्नुपर्ने हुन्छ । राेङभित्र रहेकाे दशवटा स्वास्थ्य संस्थामा उपकरण जडान गर्न छ लाख २० हजार खर्च भएकाे शाखाले जनाएकाे छ । यसअघि राेङ गाउँपालिकाले शिक्षालाई पनि प्रविधिमैत्री बनाउने अभियान संचालन गरेकाे थियाे । शिक्षा स्वास्थ्यलगायतकाे सबै सेवाहरू प्रविधिमैत्री बनाएर सेवा चुस्त र दुरुस्त बनाउने गाउँपालिकाकाे याेजना रहेकाे छ ।