| |

झापामा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

ad

झापा ।  झापा गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका-५ निवासी ३२ वर्षीय गुणा राजवंशीको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा-६ फुलगाछी चोकदेखि पूर्व राधाबस्ती जाने सडक खण्डमा शुक्रबार साँझ ५:५० बजेको समयमा बा ४६ प २१०२ नम्बरको मोटरसाइकलले साइकल यात्री राजवंशीलाई ठक्कर दिएको थियो ।

घाइते राजवंशीलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याएलगतै चिकित्सकले मृत घोषणा गरेका थिए । यता ठक्कर दिने मोटरसाइकल र चालक ललितपुर सातदोबाटो निवासी दीपक शंकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शंकर दाजुको घरमा पाहुना आएका थिए । 

Similar Posts