| |

आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति संयोजकमा राई

ad

झापा । चलचित्र निर्माता ज्योतिराज राई ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’को संयोजक नियुक्त्त भएका छन् । उनी दोस्रोपटक समिति संयोजक हुन् ।

आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ को अध्यक्ष तथा नेपाल चलचित्र निर्माता संघका कोषाध्यक्ष रहेका राईलाई चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले समिति संयोजक नियुक्त गरेका हुन् । नवनियुक्त्त राईले यसअघि पनि समितिमा एक कार्यकाल संयोजक र एक कार्यकाल सदस्य भएर काम गरिसकेका छन् । नेपालका सातै प्रदेशका विभिन्न १६ जातीय संस्थाबाट सिफारिस भएर आएका विभिन्न व्यक्तिमध्येबाट आदिवासी जनजाति महासंघले चलचित्र विकास बोर्डलाई सिफारिस गरेको थियो ।

महासंघले विकास बोर्डलाई संयोजक र अरू सदस्यहरुका लागि सिफरिस गर्ने र सोही अनुसार बोर्डले संयोजक नियुक्त गर्ने प्रावधान छ । राईको संयोजकमा छ सदस्यको समिति गठन भएको छ । जसको सदस्यमा अमर लामा, रविन गुरुङ, विकास मगर, लक्ष्मी योङ्गहाङ, सगिना सुनुवार, अमृतामाया माझी रहेका छन् । यस्तै हरिसिंह रैखोला समितिको सदस्य सचिव रहेका छन् ।

समितिले देशभर छरिएर रहेका आदिवासी चलचित्रकर्मीको व्यक्तित्व विकास, आदिवासी चलचित्रको प्रवर्द्धन र बजार विस्तारमादकाम गर्नेछ । आफ्नो कार्यकालमा विभिन्न भाषामा निर्माण हुने चलचित्रको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार विस्तार गर्ने, नीतिगत रूपमा समेत सक्षम बनाउने मुख्य लक्ष्य लिएको संयोजक राईले बताए ।

‘हाम्रो भाषा, संस्कृति र संस्कारलाई समेत फिल्मको माध्यमबाट समेट्न प्रोत्सान गर्नेछु,’ राईले भने । पुन: नयाँ चलचित्र निर्माणको तयारीमा जुटेका राईले यस अघप संगम, त्रिवेणी, पापी-मान्छे, वान वे, प्रोडुसर जस्ता चलचित्रहरुको निर्माण गरेका छन् । उनको पछिल्लो समय निर्माण लागेको चलचित्र ‘लुङ्गा’ हो । राईले दुई थोपा आँसु, साइनो कस्तो कस्तो, माई बेष्ट फ्रेण्ड, डामाडोल लगायत निर्माण गरेका छन् ।

Similar Posts