इलाममा आज इटहरी र झापा भिड्दै
इलाम । इलाममा जारी प्रथम इलाम गोल्डकपमा आज बिर्तामोड युनाइटेड झापा र राष्ट्रिय जागृति क्लब इटहरी बीच भिडन्त हुँदैछ ।
सदरमुकामस्थित ठूलो टुँडीखेलमा दिउँसो २ बजे खेल हुनेछ ।
यसअघि शनिबार भएको उद्टन खेलमा आयोजक रेडहर्ष फुटबल क्लब इलाम सेमीफाइलन प्रवेश गरिसकेको छ ।
माघ १३ गतेसम्म सञ्चालन हुने गोल्डकपको विजेताले नगद रु पाँच लाख र उपविजेताले नगद रु तीन लाखसहित पदक र प्रमाणपत्र पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिपेन्डर, उदयीमान खेलाडी र उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन नगद रु पाँच हजार प्रस्कार प्रदान गरिने आयोज रेडहर्षका अध्यक्ष साङ्गे योल्मूले बताए ।
इलामको गौरबको रुपमा जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको गोल्डकपमा भारतको एक टिमसहित ८ टिमले सहभागीता जनाएका छन् । पछिल्लो समय इलाममा नियमित गोल्डकप आयोजना हुन नसकिरहेको अवस्थामा रेडहर्षले पहिलो पटक गोल्डकप आयोजना गरेको हो ।