तस्करी नियन्त्रणमा झापा प्रहरीको सक्रियता : एक वर्षमा ५ करोड ४२ लाखको सामान भन्सारमा बुझायो
झापा । झापामा नेपाल प्रहरीले भारतबाट भन्सार छलेर नेपाल ल्याइएको ५ करोड ४२ लाख ६६ हजार बराबरको गाडी तथा सामान भन्सार कार्यालयलाई बुझाएको छ ।
गत वर्षको पुसदेखि चालु आर्थिक वर्षको पुस मसान्तसम्म १२ महिनामा जिल्लाका विभिन्न नाका हुँदै भन्सार छलेर ल्याइएका सामान बरामद गरी भन्सारलाई झापा जिल्ला प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । चालु आर्थिक वर्षको छ महिनामा दुई करोड ८२ लाख ९ हजार ७१६ रुपैयाँ बराबरको भन्सार छलीको सामान र त्यसमा प्रयोग भएको सवारी भन्सार बुझाइएको प्रहरीले जनाएको छ ।
भन्सार छलेर सामान ल्याउने १० जना व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि बुझाइएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न ४० वटा सवारी नियन्त्रयमा लिई मेचीभन्सार कार्यालयलाई बुझाएको छ । गत पुसमा प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले झापा प्रहरीको कमाण्ड समाले पश्चात चोरी तस्करी नियन्त्रणमा कडाईका साथ प्रस्तुत भएको स्थानीयको भनाई छ । भारतसँग झापाको १४४ दशमलव २ किलोमिटर सीमा जोडिएका कारण तस्करीको सम्भाना उच्च रहने गरेको भए पनि प्रहरीको सक्रियता र तदारुकताले तस्करी नियन्त्रण गर्दै आएको छ । भन्सारमा सामानमा सबैभन्दा बढी तस्करीमा प्रयोग भएका सवारीसाधन रहेका छन् ।
हेर्नुस् विवरण