| | |

बिर्तामोडमा आदिवासी महोत्सव

बिर्तामोड । झापामा ‘दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सव’ सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदद्वारा आयोजित महोत्सव आजबाट बिर्तामोडमा सुरु भएको हो । महोत्सवको औपचारीक उद्घाटन बिर्तामोड नगरपालिकाको मेयर पबित्रा महत्तरा (प्रसाईं)ले गरेकी हुन् ।

महोत्सवमा सयभन्दा बढी स्टल रहेको आयोजकले जनाएको छ । १७ वटा जनजातिको जातीय पहिचान झल्किने स्टलहरु निर्माण गरिएको महासंघका नगर अध्यक्ष राजकुमार राजवंशीले जानकारी दिए।

महोत्सवमा बुधबारबाट राष्ट्रीय कलाकारहरुले प्रस्तुति दिने छन् । भोलि गायक राजनराज शिवाकोटीले प्रस्तुति दिनेछन् । महोत्सवमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति रहनेछ । द एलिमेन्ट बेन्ड, सविन राईको ब्यान्ड, पूर्ण राईको ब्यान्ड, सपना सुमनको ब्यान्डसँगै कलाकारहरु शान्तिश्री परियार, ज्योति मगर, मेलिना राई, एलिना चौहान, राजनराज शिवाकोटीलगायत चर्चित कालाकारहरु आउने मेला सञ्चालक नारायण अधिकारीले बताए ।

त्यस्तै, खेल तमासा, बाल उद्यान, अटोमोबाइल्स, आइटीलगायतका व्यावसायिक स्टलहरु रहेको छ। आदिवासी जनजातिका जातीय परिकारहरुको स्टल पनि रहेको छ । सयपत्री इन्टरटेन्मेन्ट प्रालि दमकको व्यवस्थापकीय भूमिका रहेको छ । महोत्सव माघ ३० गतेसम्म संचालन हुने आयोजक समितिले जनाएको छ

Similar Posts