यू-१९ विश्वकप : पाकिस्तानविरूद्ध नेपालका अर्जुन कुमाल र आकास त्रिपाटी आउट
झापा । आइसिसी यू-१९ विश्वकप २०२४ को समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ। दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पाँचौ ओभरमा पहिलो विकेट गुमाएको छ।
ओपनिङ ब्याटर अर्जुन कुमाल ४.२ ओभरमा ६ रन बनाएर आउट भएका छन्। अर्जुनले न्युजिल्यान्डविरुद्धको अघिल्लो खेलमा ९० रन जोडेका थिए। आकास त्रिपाटी १० बलमा ६ रान जोड्दै आउट भए ।