इलाम गोल्डकपको फाइनलमा एनआरटी
इलाम । न्युरोड टिम (एनआरटी) काठमाडौं इलाममा जारी प्रथम इलाम गोल्डकपको फाइनल प्रवेश गरेको छ ।
भएको पहिलो सेमिफाइनल खेलमा आयोजक रेडहर्ष फुटबल क्लब इलामलाई सडन डेथमा रोक्दै एनआरटी उपाधि नजिक पुगेको हो ।
निर्धारित समयमा दुवै टिमबाट १-१ गोलको बराबरी र त्यपछिको टाइब्रेकरमा ३-३ गोलको बराबरी भएपछि सडन डेथका आधारमा विजेता निर्धारण गर्नुपरेको थियो ।
एनआरटीले अब उपाधिका लागि विहीबार हुने पाँचथर फुटबल क्लब र बिर्तामोड युनाइटेड क्लब झापाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिष्पर्धा गर्नुपर्नेछ ।