|

हल्दिबारीको सहकारी र दूध सङ्कलन केन्द्रमा चोरी

ad

झापा । झापाको हल्दिबारीमा एक सहकारी र दूध सङ्कलन केन्द्रमा गए राति चोरी भएको छ । हल्दिबारी गाउँपालिका- ४ स्थित जलथल साना किसान सहकारी संस्थामा चोरी भएको हो ।

चोरले सहकारीको कार्यालयभित्र रहेको भल्ट फुटाएर नगद १ लाख २५ हजार चोरी भएको जनाइएको छ । त्यस्तै दूध सङ्कलन केन्द्रको २६ हजार समेत चोरी भएको छ। चोरीको घटनाको बारेमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । 

Similar Posts