|

लिम्बुवान झापा अध्यक्षमा आङ्थुपो

ad

बिर्तामोड । संघीय लिम्बुवान प्रान्तीय मञ्च झापाको अध्यक्षमा राजा आङ्थुपो चयन भएका छन् । उनको अध्यक्षतामा ४१ सदस्यीय समिति बनेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा अमित खम्बु, उपाध्यक्षहरूमा करण योङहाङ, प्रेम थेबे, विकास मगर रहेका छन् । यस्तै, सचिवमा तीर्थ पौडेल, कृष्ण सेन्दाङ, विवेक साम्सुहाङ र कोषाध्यक्ष प्रदीप राई चयन भएका छन् ।

समिति गठन भएसँगै मन्चको झापा कार्यालय उद्घाटन भएको छ । कार्यालय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देनले गरे । प्रमुख अतिथि लिङ्देनले प्रदेशको नाम कोशी खारेज नभएसम्म आन्दोलन निरन्तर जारी रहने बताए । उनले लिम्बुवान प्रदेश नामांकनका लागि जस्तो सुकै बलिदान दिन तयार रहेको बताए ।

Similar Posts