|

चौधरीको चलाखी,कागजमा भाइलाई-भोगचलन सबै आफैंलाई

काठमाडौँ । विवादास्पद व्यापारी तथा काँग्रेस सांसद विनोद चौधरीको खेलोफड्कोको शिकार आज आफ्नै कान्छा भाइ अरुण चौधरी बनेका छन् । आजको घटनाले डलर अर्बपतिको डंका पिटाए पनि पैसोको निम्ति जस्तोसुकै हर्कत गर्न तम्सिने सिजी ग्रुपका अध्यक्ष विनोदको रहस्यमय खेलको पर्दाफास भएको छ ।

तत्कालिन बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा गैरकानुनी स्वामित्व ग्रहण गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आज दिउँसो अरुणलाई उनकै निवास लाजिम्पाटबाट नियन्त्रणमा लिएको छ । तर,उनको नाममा रहेको भनिएको उक्त जग्गामा सञ्चालित चाँदबाग स्कूल स्वयम् विनोद चौधरी र उनका जेठा छोरा निर्वाणको खटनपटनमा चल्ने गरेको बताइन्छ । 

स्कूल स्रोतका अनुसार चाँदबाग सिजी एजुकेशनको मातहतमा सञ्चालित विद्यालय हो । जबकि सिजी एजुकेशन सिजी ग्रुप मातहतको एउटा कम्पनी मात्रै हो । भलै विद्यालय सञ्चालनको निम्ति गठित व्यवस्थापन समितिमा चौधरी र सिजी ग्रुपको तर्फबाट कोही पनि प्रत्यक्ष रुपमा सहभागी भएको देखाइएको छैन ।

‘भोगचलन सबै आफैँ गर्ने,स्कूलको आम्दानी पनि कुम्ल्याउने अनि कागजी रुपमा एउटै आमाको कोखबाट जन्मिएको भाइलाई सिध्याउने उनको खेल घृणित छ ।’

दामोदर लामिछानेको अध्यक्षतामा गठित समितिमा काठमाडौं महानगरपालिका वार्ड नम्बर ३ का वडाध्यक्ष पदेन सदस्य हुने व्यवस्था छ । हालका वडाध्यक्ष प्रेम थापा हुन् । स्कूल सुपरिन्टेण्डेण्ट तारापति खरेल,रिसोर्स पर्सन खगराज जोशी,शिक्षक प्रतिनिधि शैलजा शाह, अभिभावक प्रतिनिधि संगीता प्रधान र प्रधानाध्यापक चन्द्रयान प्रसाद श्रेष्ठ सदस्य छन् । वार्ड अध्यक्ष र अभिभावक प्रतिनिधिबाहेक अरु सबै सिजीको खटनपटनमा कार्यरत हुने प्रष्ट छ । 

शिक्षक तथा कर्मचारीहरु भन्छन्, ‘भूईंचालोपछि चौधरी ग्रुपको तर्फबाट स्कूलमा विनोद र निर्वाण चौधरीको निगरानी र निर्देशन चल्दै आएको छ । त्यसअघि कहिलेकाँही देखिने अरुण त्यसपछि ठप्प जस्तै छन् । त्यो बाहेक अरु कुरो थाहा भएन ।’ यता विनोदका भाइहरुले विद्यालयको स्वामित्व पहिल्यै छाडेको बताउँदै आएका छन् । तर, खटनपटन र आम्दानीको हिस्सा एक्लौटी सिजी ग्रुप र उसका मालिकको भए पनि कागजमा जग्गाको स्वामित्व अरुणकै राखिदिएका कारण विनोदले उम्कने मौकाको निम्ति सँधै बाटो खुल्ला राखेको भन्नेहरु पनि भेटिएका छन् । 

उक्त जग्गामा विनोद, उनका छोरा निर्वाण र सिजी ग्रुपको हालिमुहालीबारे थप अनुसन्धान गर्नुपर्ने नयाँ अवस्था सिर्जना भएकोतर्फ सिआइबीले पनि चासो राखेको बुझिएको छ । त्यसका लागि विनोद चौधरी वा उनको सिजी ग्रुपले लाने स्कूलको आम्दानीको हिस्सा केलाउनुपर्ने देखिन्छ भने विद्यालयमा पछिल्लो एक दशकदेखि भएको व्यवस्थापन निर्देशनमा कसको संलग्नता थियो भन्नेबारे त्यहाँका शिक्षक र कर्मचारीहरुसँग समेत बयान लिनुपर्ने स्थिति उत्पन्न भएको छ । 

स्रोत भन्छ, ‘भोगचलन सबै आफैँ गर्ने,स्कूलको आम्दानी पनि कुम्ल्याउने अनि कागजी रुपमा एउटै आमाको कोखबाट जन्मिएको भाइलाई सिध्याउने उनको खेल घृणित छ ।’ 

विनोद चौधरी अध्यक्ष रहेको सिजी ग्रुपको वेवसाइटअनुसार उनको सिजी एजुकेशन मातहत धेरै वटा स्कूल र कलेज सञ्चालित छन् । जसअनुसार एउटा बाँसबारीको चाँदबाग स्कूल पनि हो । अन्यमा बाँसबारी,लगनखेल र वीरगञ्जस्थित निनोज प्रिस्कूल,दिल्ली पब्लिक स्कूल,सनराइज स्कूल, क्याम्पियन स्कूल, क्याम्पेन एकेडेमी र क्याम्पेन काठमाडौं सेकेण्डरी स्कूल छन् ।जनआस्थामा खबर छ

Similar Posts