white painted wall

भारतबाट नेपाल आइफोन तस्करी, सशस्त्र प्रहरीको सक्रियतामा काँकडभिट्टाबाट बरामद

काँकडभिट्टा । झापाको काँकडभिट्टामा एउटा कारसहित ३३ वटा मोबाइल बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म काँकडभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोली मेचीनगर नगरपालिका-६ स्थित भन्सार कार्यालयको यात्रु शाखाको उत्तर गेटमा कारभित्र लुकाइछिपाई नेपाल भित्राउन खोजिएको ३३ वटा आइफोन ब्रान्डका मोबाइल बरामद गरेको हो ।

ekharipati.com

भारतबाट नेपाल आउँदै गरेको बागमती प्रदेश ०१-०२६ च ९०३३ नम्बरको कारलाई विशेष सूचनाको आधारमा भन्सार अगाडि रोकी सशस्त्र प्रहरीले चेकजाँच गरेका थिए । चेकजाँच गर्दा मोबाइल बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । मोबाइल ल्याउनेको नाम खुलेको छैन ।  सो नाकाबाट मोबाइलको तस्करी गर्ने समूहले पटकै पिच्छे गाडी फेर्दे मोबाइल नेपाल भित्राइरहेको सूचना सशस्त्र प्रहरीले पाएका थिए ।

सोही सूचनाको आधारमा यस पटक कार फेला परेको सशस्त्र स्रोतले जनाएको छ । बरामद गरिएको मोबाइल १७ लाख २५ हजार र कार २५ लाख गरी जम्मा ४२ लाख २५ हजार मूल्याङ्कन गरी दुवै सामान मेची भन्सार कार्यालय बुझाइसकेको छ । पछिल्लो समयमा जिल्लाका सीमा नाकाहरू सशस्त्रले उच्च सतर्कतासँगै निगरानी बढाएसँगै चोरी तस्करी नियन्त्रणमा आएको छ । 

Similar Posts