| |

राेङमा ‘रोगी’ खाेजिँदै

गाेविन्द पाैडेल

राेङ । राेङ गाउँपालिकाले रोगी खोज्ने भएको छ । वार्षिक कार्यक्रम “रोगको खोजी” कार्यक्रम दाेश्राे कार्यक्रम सञ्चालन गरिने भएकाे छ ।

गाउँपालिकाकाे विभिन्न चार स्थानमा सचालन गरिने राेगीकाे खाेजीसहित कृषि, पशु सेवाका कार्यक्रमसहित जेष्ठ नागरिकहरुलाई रेडियाे वितरण कार्यक्रम बिगत केहिदिन देखि सुरु भएको छ । रोङ ५ काे इराैटारबाट थालिएकाे हाे ।

राेङ गाउँपालिका कार्यालय र रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, रोटरी क्लब अफ सुरुङ्गा, नेपाल क्यान्सर फाउन्डेशन र नेपाल हार्ट फाउन्डेशन, झापाको साझेदारी साथै बिएण्डसि मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पताल र बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा यस गाउँपालिकामा बिरामीको खोजी गरिँदै आएको छ ।

एकीकृत शिविर सञ्चालन पुस ७ गतेदेखि सुरु भएको हो । अब वडा न १ र २ काे लागि २७ माघमा बरफल्याङमा शिविर हुन लागेकाे स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताए । बाँकी वडाका लागि एक ठाउँमा गरिन लागेकाे राेङ स्वास्थ शाखा प्रमुख काफ्लेले जानकारी दिए । शिविर कार्यक्रममै जेष्ठ नागरिकलाई रेडियो वितरण गरिँदै आएको छ। कृषि र पशु सेवाकाे कार्यक्रम समेत सञ्चानन हुनेछ । राेङले एक हजार बढी नागरिकलाई रेडियाे वितरण गर्न लागेकाे छ ।

Similar Posts