रोङमा कला साहित्य महोत्सव हुने
गाेबिन्द पाैडेल
रोङ । कला साहित्य भाषा र संस्कृति, ग्रामिण पर्यटनसँगै विकास र समृद्धि’ भन्ने नाराका साथ रोङ–६ इलाममा तीनदिने कला साहित्य महोत्सव गरिने भएको छ ।
रोङ गाउँपालिका वडा नम्बर–६ को आयोजनामा वडाभित्रको फरक–फरक तीन स्थानमा फरक आयामका कार्यक्रमहरु सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको वडा नम्बर–६ का अध्यक्ष सत्यम राईले जानकारी दिए । माघ २७ गतेबाट २९ गतेसम्म चल्ने कला साहित्य महोत्सवमा विकास भनेको भौतिक पुर्वाधारहरुको मात्रै भएर हुन्न् समाजमा चेतनाको विकास पनि आवस्यकता हो भन्ने दर्शाउँन खोजिने छ ।
पहिलो दिनको कार्यक्रम रोङको नवस्थापित पर्यटिकय स्थल झण्डी डाँडामा हुने भएको छ । उक्त दिर्न रैथाने ज्ञानको आवश्यक्ता’ बारेमा राजन मुकारुङले स्पस्ट पार्ने छन् भने कृषि सभावना, समस्या बारे समेत चर्चा हुने वडा कार्यालयले जनाएको छ ।
दोश्रो दिर्न विश्वव्यापीकरण भित्र गाउँ’ शिर्षकमा सलकपुरमा हुने कार्यक्रममा डा.तारालाल श्रेष्ठ र मनुसी यामी भट्टराईको भलाकुसारी चल्ने छ ।
कार्यक्रमको अन्तिमदिन जौवारीमा रोङ–६ भित्रका बिषयवस्तु पस्कदै तैयारी गरिएको चित्रकलाहरु, साथै विभिन्न जातिका झाँकी प्रस्तुत गरिने वडा अध्यक्ष राइले बताए ।