पैसा असुलेर पनि लाइटर समातेपछि सशस्त्रको चेक पोष्टमा तस्करले लगाए आगो
झापा । चाइनिज लाइटर भारत तस्करी गर्ने समूहले काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको चेक पोष्टमा आगो लगाएका छन् ।
शुक्रबार दिउँसा ३ः१५ बजे मेचीनगर–७ गैरीगाउँबाट डिउटीमा खटिएको सशस्त्र प्रहरीलाईलाई सेटिङ मिलाई लाइटर भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीको घुमुवाले पक्राउ गरेपछि सशस्त्रको अस्थायी टहरामा आगो लगाइएको प्रत्यक्षदर्शीले बताए ।
सेटिङ मिलाउँदा पनि माल पक्रिएको भन्दै तस्करी गर्ने महिलाहरूको समूहले प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाले बनाएको अस्थायी टहरा भत्काएर आगो लगाएको स्रोतले बतायो ।
ड्युटीमा खटिएका सशस्त्रलाई सेटिङ मिलाएर हरेक दिन चाइनिज लाइटर लाखौँ संख्यामा झापाका विभिन्न नाकाबाट भारात तस्करी हुने गरेको छ । तस्करले आगो लगाए पनि सेटिङ मिलाएको खुल्ने डरले प्रस्तावित सिमा सुरक्षा गुल्म काँकडभिट्टाका साहयक प्रहरी निरीक्षक नगेन्द्र खत्रीको कमाण्डमा खटिएको टोलीले तस्करहरुसँग मौखिक सहमति गरेको छ । काहीँकतै उजुरी नगर्ने र तस्करहरूले पुन: यस्तो गतिविधि नगर्ने मौखिक सहमति भएको अडियो रेकर्ड सुरक्षित छ ।
यस अगाडि पनि सशस्त्र प्रहरीका घुमुवा गणेश कोइराला र लाइटर तस्कर महिलाबीच हात हालाहाल भएको र महिलाहरू निलडामय भएको भिडियो समेत ईखरिपाटीसँग सुक्षक्षित छ । सेटिङमा पैसा खाएर तस्करी हुने भए पनि सशस्त्र प्रहरीको विषयमा बोल्दा मुद्दा हाल्ने धम्की दिने गरेकाले चुपचाप बसेको वारिपारि गर्ने एक पोके व्यापारीले बताइन् ।