घाइतेलाई बिएण्डसी पठाइयो
झापा । सशस्त्र प्रहरीको खुकुरी प्रहारबाट घाइते भएका मेचीनगर-७का स्थानीयको मनोमहन अस्पताल बिर्तामोडमा उपचार हुन नसकेपछि बिएण्डसी अस्पताल पठाइएको छ ।
मेचीनगर-७ स्थित नेपाल-भारत सीमाको गैरीगाउँमा सशस्त्र प्रहरीले स्थानीयसँगको विवादमा खुकुरी चलाउँदा छ जना घाइते भएका थिए । घाइते हुनेमा दीपा बातर, हरि बातर, विशेष राजवंशी, मिलन चापागाईं, आनह यादवलगायत रहेका छन् । उनीहरुको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरुको उपचार मनोमहन अस्पतालमा हुन नसकेपछि बिएण्डसी लगिएको छ ।