पर्यटन बिकासको नाउँमा सामुदायिक बनले पक्की संरचना बनाए कार्वाही हुन्छ – मन्त्री उप्रेती
चारआली । पर्यटन, बन तथा वातावरण मन्त्री गणेश उप्रेतीले पर्या-पर्यटन बिकासको नाउँमा सामुदायिक बनले पक्की संरचना बनाए त्यस्ता बन समुहलाई कार्वाही गर्ने बताएका छ्न् ।
पुर्वको फेवातालको रुपमा बिकास तीब्र बनाइएको झापाको मेचीनगर-१३ स्थित हातेमालो सामुदायिक बन उपभोक्ता समुहअन्तरगत निचाझोडा सिमसार पर्या-पर्यटन क्षेत्रको अवलोकन गर्ने क्रममा आइतबार मन्त्री उप्रेतीले उक्त कुरा बताएका हुन् ।
भौतिक संरचना सिमेन्टेड हुँदा बनभित्र बन्यजन्तु र चराचुरुङ्गीलाई अनुकूल नहुने, स्वच्छ वातावरण र बनभित्रको प्राकृतिक सुन्दरता ओझेलमा परेकाले बन परिषरभित्र सिमेन्टेड संरचना निर्माण गर्न निरुत्साहित गरेको मन्त्री उप्रेतीको भनाई थियो ।
सबै जिल्लाका बन कार्यालयलाई सचेत गराइसकेको समेत मन्त्री उप्रेतीले बताए । उनले आफ्नो मातहतका बन समितिलाई निर्देशन पालना नगरेको प्रमाणका आधारमा ति बन समितिलाई कार्वाही गरिने जानकारी दिए । बन परिषरभित्र निर्माण गरिसकेका पक्की संरचनाका बारेमा पछि सोचौँला मन्त्री उप्रेतीले भने, तर-`नयाँ पक्की संरचना चै बनाइनु हुँदैन, बनाउन दिइनेछैन ।´
बनमा आफ्नै काठ छ । काठबाट निर्माण गरिएका संरचना प्राकृति, पर्यावरणसहित वन्यजन्तुको जगेर्ना हुने प्रस्ट्याउँदै मन्त्री उप्रेतीले भने, `पक्की संरचना बनभित्र त्यसै असुहाउँदो, पर्यावरणीय दृस्ठिकोणले पनि प्राकृतिकमैत्री हुँदैन । त्यसैले कोशी प्रदेश सरकारले बनभित्र पक्की संरचना निर्माणमा निरुत्साहित गर्न लागेको हो ।´ अवलोकनका क्रममा हातेमालो सामुदायिक बन उपभोक्ता समुहअन्तरगतको निचाझोडा सिमसार पर्या-पर्यटन क्षेत्रको बिकासका लागि समुहले मन्त्री उप्रेतीलाई २ करोड रकमको बजेट माग पत्र हस्तान्तरण गरेको थियो ।
बन समितिका अध्यक्ष चन्द्रप्रसाद सिग्देलले मन्त्री उप्रेतीलाई उक्त बजेट मागपत्र हस्तान्तरण गरेका हुन् । सो क्रममा बिकासको पर्खाइमा रहेको सम्भावना बोकेको पर्या-पर्यावरण क्षेत्र रहेकाले तत्काल १ करोड बजेट दिन सकिने आश्वासन दिएका थिए । मन्त्री उप्रेतीसँग प्रदेस सांसद सबिना बजगाईं, माओवादी केन्द्रका झापा जिल्ला अध्यक्ष राजु आचार्य र बनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
निचाझोडा सिमसार पर्या-पर्यटन क्षेत्रमा हाल जलाशय निर्माण सुरु गरेको छ । कोशी प्रदेशको जलाधार बिकास ब्यवस्थापन इकाईको २५ लाखमा बजेटमा जलाशय निर्माण सुरु भएको हो ।१ सय ४ मिटर लम्बाई, २७ मिटर चौडाई र १५ फुट अग्लो जलाशय निर्माणका लागि २ वटा स्कारभेटरले प्रयोग गरिएको छ । उक्त जलाशय निर्माणले हातेमालो बनदेखि दक्षिणका कृषकलाई सिचाईको ब्यवस्थापन, स्थानीय छिमेकी बनभित्र आगलागी हुँदा प्रयोग गर्न सकिने अध्यक्ष सिग्देलले बताए ।
पुर्वकै फेवातालको रुपमा उक्त जलाशयको बिकास गर्ने नाउँकामा यात्रा गर्न-गराउन सकिनेछ । वडाध्यक्ष कृष्णराज सिग्देल नै सिमसारको परिकल्पनाकार १ किलोमिटर लम्बाई रहेको, कहिँले पानी नसुक्ने प्राकृति मुहान भएकाले निचाझोडा सिमसारलाई पुर्वकै फेवातालको रुपमा बिकास सुरु गरिएको सिमसार अवधारणा तथा योजनाकार संस्थापक अध्यक्ष कृष्णराज सिग्देलले बताए । अवधारणासहित पर्या-पर्यटनको रुप तथा डिजाइन गर्दै सानो रकमबाट बिकास सुरु गरिएको निचाझोडा सिमसारलाई भबिश्यमा नमुना फेवतालको रुपमा बिकास गर्न सकिने मेचीनगर-१३ का वडाध्यक्षसमेत रहेका सिग्देलको भनाई छ ।
फेवातालको निर्माणपछि देश तथा बिदेशबाट पर्यटक भित्र्याउन सकिनेछ, वडाअध्यक्ष सिग्देलले भने,` बिदेशका अन्य देशसँगै एसिया रास्ट्रहरु भारत, बंलादेश, भुटानलगायतका देशका पर्यटकलाई आकर्षक गर्ने योजना पनि अघि सार्नेछौ ।´ स्थानीय सरकार वडा कार्यालयले पटकपटक गरेर २७ लाख, मेचीनगर नगरपालीबाट फलामे पुलसहित १५ लाख बजेट बिनियोजन गरेको छ भने अन्य बजेट बनको आन्तरिक श्रोतबाट ब्यवस्थापन गरेको छ । बनले आन्तरिक श्रोतबाट ६ वटा गोलघर निर्माणसमेत गरेको छ ।
अन्य घर निर्माणाधीन अवस्थामा छ । बिकास निर्माणअन्तर्गत आगामी प्रदेश सरकारको बजेट २५ लाख पानीको फोहोरा र चिल्ड्रेन पार्क निर्माण गर्ने, ३ वर्षे क्रमागत २२ लाख बजेटबाट सिमसारको उत्तरपट्टी र पश्चिममा पोखरी निर्माण गर्ने तयारी गरिएको अध्यक्ष सिग्देलको भनाई छ । स्थानीय निकाय, जिल्ला बनसँग समन्वय गरेर भबिस्य `मिनी-जु´ को ब्यवस्थापन गर्ने योजना रहेको छ ।
३९० हेक्टरमध्ये ३२ बिगाह खाली जमिनमा फैलिएको सिमसार खुल्ला र घमाइँलो ठाउँ दैनिक जीवनयापनलाई सहज बनाउन प्रयोग गरिएका ढिक्की, जातो, ठेकीलगायत लोपबस्तु संरक्षण गर्ने, मनोरञ्जनका लागि काठको रोटेपिङ्ग निर्माण गर्ने, स्थानीय संस्कृतिलाई जगेर्ना गर्न विभिन्न सम्प्रदायका मठमन्दिर गुम्बा एबम् धार्मिक संरचनाको निर्माण गर्ने साथै एग्रो टुरिजमको रुपमा बिकास गर्ने भावी योजना रहेको छ ।