सत्ता गठबन्धनमा फेरबदल, कांग्रेसका ३८ मन्त्रीको जागीर चट्
झापा। सत्ता गठबन्धन भएको फेरबदलसँगै नेपाली कांग्रेसका केन्द्रदेखि प्रदेशसम्म ३८ मन्त्रीको जागीर चट् हुने भएको छ । आज दिन भरमिा नेपालको राजनीतिमा कुनै ठुलो परिवर्तन भएन भने कांग्रेसका चार मुख्यमन्त्रीसहित ३८ मन्त्रीको जागीर खोसिने भएको हो ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गत चैत १७ मा सहभागी भएको कांग्रेसले ९ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेको थियो ।
कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, प्रकाशशरण महत अर्थ, एनपी साउद परराष्ट्र, मोहन बहादुर बस्नेत स्वास्थ्य तथा जनसङ्ख्या, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति, सीता गुरुङ सहरी विकास, डिगबहादुर लिम्बू युवा तथा खेलकुद र सुरेन्द्रराज आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थिए । सात प्रदेशमध्ये चारमा नेतृत्व र तीन प्रदेश सरकारमा कांग्रेसको सहभागिता छ ।