प्रचण्ड र खनालबिच भेटवार्ता, एकीकृत समाजवादी सत्ता गठबन्धनमा सहभागि हुने ?
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबिच छलफल भइरहेको खलानको सचिवालयले पुष्टी गरेको छ
।
सरकार र नयाँ गठबन्धनमा सहभागिताबारे निर्णय लिन एकीकृत समाजवादीको सचिवालय बैठक आज ११ बजे बस्दै छ । बैठकअघि सम्मानित नेता खनालले प्रधानमन्त्रीलाई भेट्नुलाई अर्थपूर्ण मानिएको छ । नेता खनालले वामपंथी सरकार बनाउनु पर्ने बिषयमा निरन्तर पहल गर्दै आएका थिए । एकीकृत समाजवादी पार्टी स्रोतका अनुसार आजको
सचिवालय बैठकले नयाँ सत्ता गठबन्धनमा सहभागि हुने निर्णय गर्दै छ ।