झापा गोल्डकप : पहिलो हाफमा साविक विजेता आर्मी एक गोलले पछाडि
झापा । छैटौं झापा गोल्डकपअन्तर्गत आजको खेलको पहिलो हाफमा चारपटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब पछि परेको छ । मच्छिन्द्र फुटबल क्बलसँग भइरहेको खेलमा आर्मी १-० ले पछाडि परेको हो । मच्छिन्द्रका लागि खेलको ११ औँ मिनेटमाा हिसुब थपलियाको उत्कृष्ट पासमा विदेशी खेलाडी स्टेफन्स विनोङ्सले गोल गरे ।
उनको गोलले अहिले मच्छिन्द्र अग्रतामा छ । खेल निकै प्रतिस्पर्धात्मक र हेर्न लायक छ । आर्मी पनि खेलमा फर्कने प्रयासमा छ । तर, मच्छिन्द्रको टिम सेट धेरै राम्रो र सन्तुलनमा देखिन्छ । मच्छिन्द्रले पिन मौकाहरू बुनिरहेको छ । दोस्रो हाफमा मच्छिन्द्र खेलमा फर्कन सक्छ कि सक्दैन हेर्न भने बाँकी छ ।
२८ गतेसम्म चल्ने झापा गोल्डकपमा ए डिभिजन क्लबसहित १० टिमले सहभागिता जनाएका छन् । छैटौं संस्करणको झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले नगद सात लाख रुपैयाँ पाउने अध्यक्ष बस्नेतले जानकारी दिए । प्रतियोगिताका मस्ट भ्यालुएबल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।