झापा गोल्डकप : पहिलो हाफमा चर्च ब्वाइजको अग्रता
झापा । झापा गोल्डकपको फाईनल खेलको पहिलो हाफको ११ औं मिनेटमा चर्च ब्वाइजका जर्सि नम्बर ३२ का अवयोमि ओलुवासिओन फाकुन्लेले गोल गर्दै टिमलाई अग्रता दिलाएका छन् ।
एपीएफका किपर अन्जल श्रेष्ठलाई बिट गर्दै फाकुन्लेले जालि चुमाए । १८ औं मिनेटमा एपीएफका जर्सि नम्बर ११ का अनिश महर्जनले बराबरी गोल गर्ने मौका पाए पनि चुकेका थिए । दुबै टोलिले गोल गर्ने अवसरहरु पटक-पटक पाए पनि गोल गर्न चुकेका थिए ।
डोमालाल राजवंशी रंगशालामा दिउँसो ३:२३ बजेबाट सुरु भएको फाईनल बिभगिय टोलि एपीएफ एफसि र चर्च ब्वाइज युनाईटेड एफसि भिड्दै छन् ।
यसअघिका पाँच संस्करणमा सहभागी भएको एपीएफ एफसी फाइनलमा पुगेको यो पहिलो पटक हो ।
सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड भने पहिलो पटक सहभागी भएको प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो ।
झापा गोल्डकपको बिजेताले १३ लाख रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेताले सात लाख रुपैयाँ पाउने छ । फाइनलमा प्रत्येक खेलाडीले जनही २५ हजार रुपैंयाँ बिधागत पुरस्कारको रुपमा पाउने बताइएको छ । गोल्डकप गत फागुन १९ गतेबाट शुरु भएको थियो ।