इलाम उपनिर्वाचन : रबिन्द्रको टिकट पक्का भएकै हो ?
इलाम । आउँदो वैशाख १५ गते प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचन हुने भएसँगै इलाम २ मा चुनावी चहलपहल बढेको छ । नयाँ राजनीतिक समीकरणले उपनिर्वाचन थप गर्माएको छ । विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेले इलाम प्रतिनिधि सभा क्षेत्र न २ लाई प्रतिष्ठाको विषय बनाएका छन् । सोही अनुरुप आकाङ्क्षीहरूको दौडधुप बढेको छ ।
एमालेबाट रवीन्द्र सुवेदी, बुद्धिप्रसाद खनाल, डा.देवी क्षेत्री दुलाल, दिवंगत नेता सुवासचन्द्र नेम्बाङका छोरा सुहाङ, नरेन्द्रनाथ भट्टराई र रिपल राइले आफूलाई बलियो उम्मेदवारका रूपमा उभ्याएका छन् ।
नेपाली कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का २०७९ मा व्यहोरेको हारलाई जितमा परिणत गर्ने अभियानमा छन् । जिल्लामा कांग्रेसको संगठनभित्र बलियो पकड बनाएका भेषराज आचार्य यस पटक जसरी पनि टिकट लिने र कांग्रेसलाई विजयी गराउने अभियानमा रहेको दाबी गरिरहेका छन् । पूर्वराज्यमन्त्री केशव थापा र पूर्वसांसद नगेन्द्र कुमाल पनि कांग्रेसबाट टिकटको दौडमा छन् ।
वैकल्पिक दलका नेताहरु पनि चुनावी अभियानमा जुटिसकेका छन् । पहिचानवादीको तर्फबाट डकेन्द्रसिंह थेगिम उम्मेदवार बन्ने संभावना देखिएको छ । माओवादी केन्द्र परित्याग गरेका पत्रकार मिलन लिम्बु पनि इलाम २ को उम्मेदवार बन्ने दौडमा छन् । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आन्तरिक रूपमा उम्मेदवार खोजिरहेको छ ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), मङ्गोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय उन्मुक्ति पार्टी (नाउपा) लगायतकादलहरुले पनिआफ्नो उम्मेदवार उठाउने तयारीमा छन् ।
चर्चामा युवा नेता रविन्द्र सुवेदी
धेरैको चाहानामा युवा नेता रविन्द्र सुवेदीको नाम आउने गरेको छ । राजनितिमा युवालाई प्रथमिकता दिनु पर्छ भन्दै गर्दा जिल्लामा नै रहेर विद्यार्थी नेता देखि पाटीको उपसचिव रहेका सुवेदीले टिकट पाए युवाको आकर्षकका कारण उनको चर्चा चलीरहेको पाईन्छ ।
को हुन रबिन्द्र ?
इलामको देउमाई नगरपालिका वडा नं ६ शान्तिडाँडामा २०४७ साल भदौ ९ गते बुबा तोम नाथ र आमा शारदा सुवेदीको कोखबाट जन्म लिएका रबिन्द्र सुवेदी विद्यार्थी उमेर देखिनै राजनीतिमा सक्रिय थिए । समाज शास्त्रमा स्नातकोत्तर र कानुनमा एल एल बि गरिसकेका उनि मिठो वोली अनि नरम स्वभावका भएकैले सबैका पृय पात्रका रुपमा स्थापित बनेका छन् ।
जो कोहीलाई समस्या पर्दा ज्यान दिएर लाग्ने उनी सामाजिक काम र विकृति विसङ्गतिका विरुद्ध दर्बिलो खम्बा बनेर उभिन्छन् । २०५८ सालमा साङरुम्बा माविमा अनेराश्ववियुको सदस्य हुँदै राजनीति थालेका सुवेदी अहिले सम्म कुनै पनि लाभका पदमा देखिँदैनन् । २०५९ सालमा साङरुम्बा माविको कोषाध्यक्ष हुँदै २०६२ मा अध्यक्ष भएका सुवेदी २०६२÷६३ को आन्दोलनमा गाउँमा पुल्ठे जुलुस लगाउँदै राज संस्थाको विरुद्ध उत्रिएका एक शसक्त पात्र हुन ।
२०६३ मा एमालेको पाटी सदस्यता पाएका सुवेदीले मरव क्याम्पस कमिटी सचिवालय सदस्य बनेका थिए । क्याम्पस पढ्दा विद्यार्थी राजनीतिमा सक्रिए भएर काम गरिरहँदा ०६४ मा क्याम्पस कमिटी सचिव, ०६५ मा उपाध्यक्ष हुँदै अनेराश्ववियु जिल्ला कमिटी सदस्य भए । ०६५ मा नै क्याम्पस सम्मेलन आयोजक समिति संयोजक बनेका सुवेदी नेतृत्वदाई भूमिकालाई सफल बनाउँदै अब्बल बन्न पुगे । अनेराश्ववियु जिल्ला कमिटी सहसचिव, उपाध्यक्ष हुँर्दै अध्यक्ष बनेका सुवेदी २०७१ सालमा अनेराश्ववियु केन्द्रीय सदस्य भएका थिए । ०७३ मा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य बनेका थिए भने ०७५ मा अनेराश्वविय थाई सचिवालय सदस्य बने ।
०७८ मा पार्टीको कार्यालय सचिवको जिम्मेवारी सम्हालेका उनी जिल्ला उपसचिव बनेर काम गरिरहेका छन् । विद्यालयबाट राजनीति थालेका सुवेदी गाउँ कमिटी, क्याम्पस कमिटी, सचिवालय सदस्य, अध्यक्ष, हुँन्दै अनेराश्ववियु केन्द्रीय सदस्य बनिसकेका उनी युवा नेतामा हुनुपर्ने गुणको क्षमता राख्ने गर्दछन ।
राजनीतिक खुड्किलोमा ताते खेल्दै विभिन्न आन्दोलनको नेतृत्व गरेका सुवेदी कहिले महङगीको विरुद्ध पुल्ठे जुलुसमा हुन्थे त कहिले सिमानामा राष्ट्रिय झन्डा बोकेर सीमाको रक्षाका लागि आन्दोलनमा उत्रिन्थे । नेपाल भारत सिमाको सन्दकपुर डाँडामा एसएसविले नेपाल पट्टी हस्तक्षेप गर्दै गर्दा उनकै नेतृत्वमा विद्यार्थीहरूले राष्ट्रिय झन्डा फहराएर विदेशी हस्तक्षेपको विरुद्ध उभिएका थिए । उनले नेतृत्वमा गरेको खबरदारी कार्यकै कारण भारतले आफनो भुमि भन्दै आएको क्षेत्र बाट ब्यक गराई नेपालको भुमि कायम गराउन समेत सफल भएका थिए ।
यस्तै लिपुलेख र कालापानिको भूभाग भारतले आफ्नो भन्दै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिलाई रगतको चिठी लेखेर पठाउन समेत पछि परेनन् । भूकम्पमा चामल, पानी र बाँस बोकेर उद्धारका लागि विद्यार्थी लिएर जाँदै गर्दा बर्खाको समयमा तराई डुबाऊ हुँदा पनि राहत सङ्कलन गर्ने र अस्थायी टहरा निर्माणमा समेत सक्रिय रहन्थे । शिक्षा, स्वास्थ्य देखि खेलकुद लगायतका क्रियाकलापमा समेत सक्रिय रहने सुवेदीले शैक्षिक सुधारका लागि मरव क्याम्पसमा हप्तादिन सम्मको बहसका कार्यक्रम समेत चलाएका थिए ।
गाउँले जिवन र किसानको परिवाबाट त्यहि जिवनलाई अंगाल्द्यै राजनिति गरिरहेका उनी अहिले पनि घाँस दाउरा र खेतीपाती बाट अलग्ग भएका छैनन । उनी राजनितिले जनताका मुद्धा बोक्नु पर्ने भन्दै जनताले बनाएका नेता जनताको परिवेस भन्दा फरक हुन नहुँने बताउँछन ।
कक्षा एक देखि १० सम्म कक्षामा प्रथम भएका सुवेदी सिएलमा क्याम्पसको स्टामिनर भएका थिए । पढाईको सिलसिलामा इलाम आएपछि इलामको रेडियो इलामएफमा काम गेरका उनी पत्रकारिताको बखत एनजियो र आईएनजिओमा अवसर पाउँदा समेत राजनिति गर्नकै लागि अवसर छोडेर बसे । जिल्लामा सक्रिय भएर काम गरिरहँदा आफूले गरेको कामकै कारण अमेरिका जाने सम्मका अवसर आउँदा पनि उनी राजनितिलै छोड्न सकेनन ।
उनलाई राजनितिक निउक्तिको सम्म ठाउँ पाउने हुँदा पनि उनले कुनै लाभको पदमा आस नगरी निष्ठाको राजनिति गरिरहेका छन । लामो समय राजनीतिमा बाहेक कतै समय व्यतीत नगरेका सुवेदी इलामका युवाको माझ अहिले सर्वसम्मत झैँ चर्चामा आउन थालेका छन् । तर पार्टीबाट टिकट भने पाउँछन् या पाउदैनन भन्ने यकिन छैन तर युवाको चाहानामा उनैको टिकट आइसकेको छ ।