‘सीआईबीका डीएसपी र एसपीले ६० लाख मागे,
काठमाडौं । सुन तस्करी प्रकरणमा फरार रहेका जीवन चलाउनेले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी सञ्जयसिंह थापा र डीएसपी दुर्गाराज दाहालले ६० लाख रुपैयाँ मागेको दाबी गरेका छन् ।
प्रहरीले खोजी गरिरहेका चलाउनेले थापा र दाहालले एक रेष्टुरेन्टमा भेटेर पैसा मागेको बताएका हुन् । तर, पैसा नपाएपछि प्रतिवादी बनाइएको उनले दाबी गरेका छन् । उनले नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीमाथि समेत गम्भीर आरोप लगाए ।
ज्ञवाली नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाउने अधिकृत हुन् । त्यसबेला कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा उनलाई उपत्यका प्रहरी प्रमुखबाट हटाइएको थियो ।