इलाम-२ मा मिलन लिम्बू रास्वपाका उम्मेदवार
प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ मा पार्टीको उम्मेदवार टुंगो लगाएको छ । रास्वपाले मिलन लिम्बूलाई पार्टीबाट उम्मेदवार बनाउने निर्णय गरेकाे हो ।
पार्टीको प्रारम्भिक निर्वाचनको पूर्वप्रकाशित तालिकाअनुसार बिहीबार उम्मेदवारहरूबीचको छलफलका क्रममा अन्य उम्मेदवारले नाम फिर्ता लिएर लिम्बूलाई समर्थन गरेका रास्वपा केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले जानकारी दिए ।