फेसबुकमा अलबिदा लेखेर कचनकवलका राजवंशीले गरे मलेसियामा आत्महत्या
झापा । वैदेशिक रोजगारीका लागि मलेसिया गएका झापा कचनकवल गाउँपालिका- ६ बनियानीका ४१ वर्षीय लखन राजवंशीले झुन्डिएर आत्महत्या गरेका छन् ।
मलेसियाको जोहोर राज्यमा पर्ने गेलाङ पटाह ,जोहोरबारु भन्ने ठाउँमा अवस्थित पीटीपी (Port of Tanjung Pelepas sdn bhd) कम्पनीमा कार्यरत राजवंशीले शनिवार कोठामै झुन्डिएर आत्महत्या गरेको उनीसँगै काम गर्ने एक नेपाली कामदारले आफन्तलाई जानकारी दिएका छन् ।
परिवारका अनुसार आत्महत्या गरेका राजवंशी मलेसिया रोजगारीमा गएको झन्डै ७ वर्ष भएको थियो। उनका श्रीमती र १० वर्षीय छोरा रहेका छन्।घरपरिवारमा निरन्तर सम्पर्कमै रहेका राजवंशीले फेसबुक स्ट्याटसमा अलबिदा लेखेर आत्महत्या गरेको जनाइएको छ । उनको शव नेपाल ल्याउन पहल भइरहेको परिवारले जनाएको छ ।