दवाब दिदै घोसणा गर्दै, बिस्वासप्राप्तको कन्तबिजोग !
झापा । नेकपा एमालेको ११औ झापा जिल्ला अधिबेशनमा युवा सदस्य क्लस्टरमा बिजयी अग्नी कार्कीलाइ माथिल्लो तहका नेताहरुबाट उम्मेद्वारी फिर्ता लिई राष्ट्रिय युवा संघ नेपाल झापाका अध्यक्ष समेत रहेका प्रदिप गोले (फुर्वा)लाई सर्वसम्मत भएको घोषणा गर्न दवाव आएको खुलेको छ ।
यद्दपी कार्कीले उक्त दवावका विच आफु निर्वाचनमै जान चाहेको बताएपछि भएको शिवसताक्षी नगर भुगोलको युवा क्लस्टर निर्बचनमा ४ मतान्तरले पछि पार्दै कार्की बिजयी भए छ्न । उनले ३५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी प्रदिप गोले (फुर्वा)ले ३१ मत मात्र प्राप्त गरेका थिए । पराजित फुर्वा पाटी अध्यक्ष ओली निकट र बिस्वास पात्र भएकोले उनलाइ नै जिल्ला सदस्यमा लानु पर्ने भन्दै माथिल्लो तहका नेता गणबाट दबाब आएको खुलेको हो । फुर्वाको माथिल्लो तहका नेता गणहरु सङ्ग राम्रो सम्बन्ध भए पनि स्थानीय क्षेत्रमा सम्बन्ध राम्रो नभएको ले नै पराजयले पुस्टी गराउछ ।
शिवसताक्षी नगरवाट युवा क्लस्टरमा कार्की सर्वसम्मत चयन भएको भनि जिल्लाको लागि सिफारिस समेत गरि सकिएको बताइएको छ । केहि गर्ने सोच बिचारका साथ आफु जिल्ला कमिटीमा जान चाहेको र सोहि बमोजिम आफुलाई उपल्लो नेता गणबाट दबाब शृजना हुदा हौसला प्रदान गरी पार्टीमा सवैलाई समेट्ने प्रयास गर्नुपर्नेमा आफु निकटलाई सोझै माथिल्लो कमिटिमा तान्ने प्रवृत्तिले नैराश्यता बढेको छ. त्यसै गरि युवा महिला क्लस्टरमा निशा लिम्बु बिजयी भएकि छन ।
महिला सदस्यमा ३ सदस्यको लागि ६ जनाको उम्मेद्बारी परेको थियो । जस्मा पबित्र लिम्बु, गोमा रिजाल र गोमा देबि खरेल निर्बाचित भएका छन । त्यस्तै पुरुष खुल्ला सदस्यमा ६ पदको लागि १३ जनाको उम्मेद्बारी परेको थियो ।जस्मा मेघाहाङ थोप्रा(रोशन), सिकिन पास्वान, तुलसीराम मैनाली ,कमल लामिछाने र कुलबहादुर बस्नेत निर्बाचित भएका हुन । जिल्ला सदस्यको लागि सर्बसम्मत गर्ने निकै कसरत गरिएको भए पनि आकाङ्क्षीहरु धेरै भए पछि जिल्लाको १५ पालिका बाट आन्तरिक निर्बाचन प्रक्रिया बाट निर्बाचित गराइएको हो ।
नेकपा एमालेको झापाको ११औ जिल्ला अधिबेशनबाट निर्बाचित जिल्लाका पदाधिकारीहरुलाई बिजयी घोषणा गरि सपथ ग्रहण गराइने जनाइएको छ । नेकपा एमालेको झापा जिल्ला अधिबेशन केहि दिन अघि सकिएको थियो । मुख्य पदहरुमा सकस पुर्ण तरिकाले सर्बसम्म्त चयन गरिएको भए पनि सदस्य पदका लागि भने आन्तरिक निर्वाचन नै गर्नु परेको थियो । नेतृत्व तहले सर्बसम्मत चयन गर्न निक्कै पहल र मेहनत गरेको भए पनि आकाङ्क्षीहरु धेरै भए पछि आन्तरिक निर्बाचन बाटै सदस्य छान्नु परेको थियो ।