बुधबारको माैसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । जसका कारण हाल कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहको छ ।
बुधबार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । गण्डकी प्रदेशका भूभागको थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कोशी प्रदेशका साथै मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पूर्वी भूभाग र तराईका केही स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।