मधेस प्रदेशसभा बैठकमा हानाहान
वीरगन्ज । झण्डै ५ घन्टापछि सुरु भएको मधेस प्रदेश सभामा पुनः विवाद भएको छ । १० मिनेटको लागि स्थगित प्रदेशसभा ५ घण्टापछि सुरु हुँदा हानाहान भएको हो ।
यस्तै कुर्सी तोडफोड, माइक र सीसीटीभी क्यामरामा पनि तोडफोड भएको एक प्रदेश सांसदले बताए ।
सदन सुरु भएलगत्तै जनमत पार्टीले पुनः अवरोध सृजना गरेको थियो । आफ्ना माग सम्बोधन नभएको भन्दै जनमत पार्टीले दोस्रो पटक सदन अवरोध गरेपछि विवाद भएको हो ।
जनमत पार्टीले सदन अवरोध गरेको बेला मुख्यमन्त्री सरोज कुमार यादवले जबरजस्ती प्रस्ताव पेस गर्न लाग्दा विवाद भएको प्रदेश सांसद श्याम पटेलले बताए ।