इलाम-२ को मतगणना सुरु
इलाम । इलाम क्षेत्र-२ को शनिबार सम्पन्न मतदानको मतगणना आइतवार १२ बजेबाट सुरु भएको छ
क्षेत्र २ मा ६० प्रतिशत मत खसेको छ । एक लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार दुई सय ८७ मत खसेको छ ।
झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतलाई मुख्यमन्त्री बन्दा एमालेका ३९ र नेकपा (माओवादी केन्द्र)का १३ जना प्रदेश सांसदले समर्थन गरेका थिए । एक जना मात्रै सांसद रहेको जनता समाजवादी पार्टी (जसपा)ले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ । हिक्मतले मुख्यमन्त्रीमा दाबी पेस गर्दा…
काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई विपक्षी बनाएको एउटा रिट संवैधानिक इजलासमा दर्ता गर्न आदेश दिएको छ । तर, संवैधानिक इजलासको नेतृत्व प्रधान न्यायाधीशले नै गर्ने संवैधानिक व्यवस्था छ । संवैधानिक इजलासमा प्रधान न्यायाधीशसहित पाँच न्यायाधीश हुने संविधानमा उल्लेख छ। सर्वोच्चको यो आदेशपछि अब प्रधान न्यायाधीशले संवैधानिक इजलासमा बसेर आफू विपक्षी भएको रिटको सुनुवाइ…
काठमाडौं । देशका पहाडी भू-भागमा मौसम आंशिक बदली भएको छ भने तराईंमा हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले पहाडी क्षेत्रमा आंशिकमात्रामा बदली भएको मौसम पूर्वानुमान महाशाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।…
रासस खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका राजकुमार राई फेब्रुअरी १० तथा पर्शुराम राई फेब्रुअरी २३ तारिखमा वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) पुगेका थिए । एकाघरका दाजुभाइ (पर्शुराम दाजु र राजकुमार भाइ) धन कमाउने सपनामा ऋण काढेर मेची इन्टरनेसनल ओभर्सिज प्रालि काठमाडौँमार्फत चार महिनाअघि युएई पुगेका हुन् । प्रतिव्यक्ति रु एक लाख ९९ हजारका…
झापा । गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको भोलिपल्ट बिर्तामोडमा तीब्र गतिका कारण दुईवटा स्कुल बस जुधेका छन् । बिर्तामोडको तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कुल र निदी सेकेन्डरी स्कुलको बस एकापसमा जुधेका हुन् । आज साँझ ५.३० बजे बिर्तामोड ४ आनन्दगञ्जस्थित हर्कलाल मार्गमा पश्चिमबाट पूर्वतर्फ गईरहेको…
बिर्तामोड । झापाको हल्दिबारीमा एक अपरिचित व्यक्तिले चालकलाई बेहोस बनाएर स्कुटर लुटेर लगेका छन् । स्कुटर चालकसँग घरसम्म पुर्याइदिन सहयोग मागेका उनले स्कुटर लुटेका हुन् । हिजो जिल्ला प्रशासन कार्यालय भद्रपुरमा भेट भएका विनोद राजवंशी बताउने व्यक्तिले मेचीनगर ५ का २२ वर्षीय पुजन श्रेष्ठको प्रदेश १–०१–०१५प–३४४८ नम्बरको स्कुटर हल्दिबारीको भेलागुडी जंगलमा लुटेर लगेका हुन् । बुबाको…