वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, २७ जना घाइते
बिर्तामोड । बिर्तामोडमा वाइसिएलको कार्यक्रममा कार्यकर्ता बोकेर आउँदै गरेको बस चारपानेमा दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।
गौरीगञ्जबाट बिर्तामोडतर्फ आउँदै गरेको को१ ख ३००९ न. को बस चारपानेमा बाटो दक्षिणपट्टि पल्टिएको हो । दुर्घटनामा अहिलेसम्म २७ जना घाइतेलाई उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिएका छन् । बिर्तामोडको सिटी सेन्टरमा आज माओवादीनिकट वाइसिएलको छैठौ जिल्ला भेला आयोजना गरिएको छ ।
घाइतेको बिवरण यस प्रकार रहेको छ ।
घाइतेहरुको विवरण:- सबै उपचार बिर्तासिटी अस्पताल बिर्तामोडमा भईरहेको;- १) जिल्ला झापा गौंरीगञ्ज गाउपालिका वडा नम्बर-४ बस्ने बर्ष २४ को चमारु मालिको दुबै हातमा चोट अवस्था सामान्य । २) ऐ,ऐ,१ बस्ने बर्ष १९ को रवि कोच दुबै खुट्टामा चोट अवस्था सामान्य । ३) ऐ,ऐ, बस्ने बर्ष २२ को अजय कोच बाया हातमा सामान्य चोट अवस्था सामान्य । ४) ऐ,ऐ,२ बस्ने बर्ष २० को शंकर आस्था बाहिरी चोट नभएको सामान्य । ५) ऐ,ऐ, बस्ने बर्ष २९ को प्रेमोद ताजपुरीया बाया हातमा चोट सामान्य । ६) ऐ,ऐ,१ बस्ने बर्ष २२ को भरत राजवंशि बाहिरी चोट नभएको सामान्य । ७) ऐ,ऐ,२ बस्ने बर्ष २६ को मोहित कुमार ताजपुरीया बाहिरी चोट नभएको सामान्य । ८) ऐ,ऐ,बस्ने बर्ष४७ को शिब मुर्मु बाहिरी चोट नभएको सामान्य । ९) ऐ,ऐ, बस्ने बर्ष २० को अशोक ताजपुरीया बाहिरी चोट नभएको सामान्य । १०) ऐ.ऐ. बस्ने बर्ष ३२ को गंगालाल राजवंशि टाउको दुखेको बाहिरी चोट नभएको सामान्य । ११) ऐ.ऐ. बस्ने बर्ष ४० को सुर्य प्रसाद राजवंशी बाहिरी चोट नभएको सामान्य । १२) ऐ.ऐ.४ बस्ने बर्ष ४४ को रमेश्वर मालि बाहिरी चोट नभएको सामान्य । १३) ऐ.ऐ.बस्ने बर्ष १४ को झलनाथ राजवंशी बाहिरी चोट नभएको सामान्य । १४) ऐ.ऐ. बस्ने बर्ष १८ को नरेश प्रसाद राजवंशि बाहिरी चोट नभएको सामान्य । १५) ऐ.ऐ.बस्ने बर्ष ३० की मेनुका राजवंशी बाया हातमा चोट अवस्था सामान्य । १६) ऐ.ऐ. ५बस्ने बर्ष २५ की सुनिता राजवंशी बाहिरी चोट नभएको सामान्य । १७) ऐ.ऐ. बस्ने बर्ष ३५ की सहुना राजवंशि बाहिरी चोट नभएको सामान्य । १८) ऐ.ऐ.३ बस्ने बर्ष ५६ को राजेन्द्र राई बाहिरी चोट नभएको सामान्य । १९) ऐ.ऐ.२ बस्ने बर्ष १४ को राहुल ताजपुरीया बाहिरी चोट नभएको सामान्य । २०) ऐ.ऐ.१ बस्ने बर्ष २४ को निर्मल राजवंशी दुबै हात खुट्टामा सामान्य चोट । २१) ऐ.ऐ.बस्ने बर्ष २० को खगेन्द्र राजवंशि बाहिरी चोट नभएको सामान्य । २२) ऐ.ऐ.२ बस्ने बर्ष २२ को अजय कुमार ताजपुरीया बाया खुट्टामा सामान्य चोट । २३) ऐ.ऐ.२ बस्ने बर्ष ४० को मिनिराज राई बाया हातमा चोट सामान्य । २४) ऐ.ऐ.२ बस्ने बर्ष ५५ को हंसिनारायण राजवंशी दुबै खुट्टामा चोट सामान्य । २५) ऐ.ऐ.२ बस्ने बर्ष १९ को दिपक बास्के दाहिने हातमा चोट सामान्य । २६) ऐ.ऐ. बस्ने बर्ष ४४ को मोति नेपाल बाया हातमा सामान्य चोट २७) ऐ.ऐ.बस्ने बर्ष ४४ को चक्र भुजेल बाहिरी चोट नभएको सामान्य ।