छिचोलियो फास्ट ट्र्याकको धेद्रे सुरुङमार्ग
काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रुतमार्ग(फास्ट ट्र्याक) सडक आयोजना अन्तर्गत धेद्रे सुरुङ शुक्रवार छिचोलिएको छ ।
![छिचोलियो फास्ट ट्र्याकको धेद्रे सुरुङमार्ग](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/dhendre-surung-2452024033844-1000x0.jpg&w=1001&h=0)
प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौंतर्फ आउने १,६५३ मिटरको उक्त सुरुङमार्ग छिचोलिएको सेनाले जनाएको छ ।
यसअघि गत जेठ ४ मा १४३० मिटर दूरीको लेनडाँडा सुरुङमार्ग पनि छिचोलिएको थियो । यो काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्ग हो ।