बामपन्थी नेता उमेश तिम्सिना एकिकृत समाजवादी प्रवेश
बिर्तामोड । पुराना बामपन्थी नेता उमेश तिम्सिना नेकपा (एकिकृत समाजवादी) पार्टी प्रवेश गरेका छन् । पाँचथर जिल्लाको तत्कालीन भारपा गाविस जन्मिएका उमेश तिम्सिना २०४८ सालको पार्टी सदस्य भएका थिए ।
विद्यार्थी राजनीतिबाट मूल राजनीतिमा आएका तिम्सिनाले एमाले निकट अनेरास्वबियुको मेची अञ्चल कमिटीको सदस्य हुदैँ २०५४ मा एमालेको विभाजनपछि नेकपा मालेमा आवद्ध २०५७ \५८ देखि माओवादी जनयुद्धमा सामेल भई हिरासत देखि जेल जीवनसम्म भोगेका थिए ।
तिम्सिना नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको केन्द्रीय सदस्य झापा जिल्लाको संस्थापक अध्यक्ष माओबादी पार्टीको राज्य कमिटी सदस्य हुँदै पछिल्लो समय स्वतन्त्र रहेका थिए। उनलाई अहिले एकीकृत समाजवादी पार्टीमा प्रदेश कमिटी कोशी प्रदेशको सदस्यको जिम्मेवारी प्रदान गरिएको एकिकृत समाजवादीका जिल्ला सचिब बिपि भट्टराले जानकारी दिए। तिम्सिनालाई एकिकृत समाजवादीका जिल्ला अध्यक्ष वेदराज रेम्मी र झापा इन्चार्ज तथा केन्द्रिय पुष्प पोखरेल केन्द्रिय सदस्यहरु चन्द्रा श्रेष्ठ, निलमणी बराल लगायतले पार्टीमा स्वागत गरेका थिए ।
प्रखर वक्ता मिलनसार व्यक्तित्व र सहयोगी तिम्सिनाको समाजवादी प्रवेशले झापामा मात्र नभएर पाँचथरमा पनि निकै प्रभाव पर्ने अनुमान गरिएको छ। तिम्सिनालाई पार्टीमा भित्र्याउन एकिकृत समाजवादी पार्टीका झापा जिल्ला कमिटीका उपाध्यक्ष बासु दुलालले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।