बिरीङको बाढी १४ परिवार बिस्थापित,अर्जुनधारामा १० पहिरो
झापा । अविरल वर्षाका कारण बिरीङ खोलाको बाढी पस्दा झापा गाउँपालिकाका चार परिवार बिस्थापित भएका छन् ।
बिरीङ खोलाको पानी पसी अन्दाजी ३ फिट डुबान भएपछि झापा गाउँपालिका वडा नं. ६ युवाटोल बस्ने दिपक आचार्य ,सिता दुलाल , प्रदिप सिंह र नविन बराइलीको परिवार बिस्थापित बनेका हुन् । ती परिवार विस्थापित भई सोही ठाउँ बस्ने केदार श्रेष्ठको खाली घरमा बसेको प्रहरी चौकी शरणामतिले जनाएको छ ।
यसैबीच झापाको अर्जुनधारामा पहिरोका कारण एक परिवार बिस्थापित भएका छन् ।
अर्जुनधारा नगरपालिका २ को लाप्चेटारमा माथिबाट पहिरो खसेर पुष्पा समाल मगरको घर पुरी क्षति पुर्याएको हो । सो घरका मानिसहरुलाई सुरक्षित स्थानमा बस्ने ब्यबस्था मिलाएको छ । पहिरो खस्ने कार्य जारी रहेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।
त्यस्तै अर्जुनधारा १ मा खानेपानी मुहानमा क्षति पुगेको छ भने अर्जुनधारा २ रातेमा मदन भण्डारी मार्ग उत्तर १० घर डुबानमा परेका छन् । लाप्चेटार सहकाले जाने बाटो पूर्ण अबरोध भएको र केही ठाउँमा खेतीयोग्य जमिन गोयाङ र टाङटिङ नदीले कटान शुरु गरेको छ ।
त्यस्तै अर्जुनधारा ३ मा सुखानी खोलाको कज्बेमा पूर्णरुपमा क्षति पुगी यातायात आवतजावतमा पूर्णरुपमा बन्द भएको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।