गोमन सर्पको डसाइबाट बालिकाको मृत्यु
कचनकवल। झापाको कचनकवलमा विषालु सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ।
मंगलबार साँझ ५:३० बजेको समयमा कचनकवल ३ स्थित बडो केचना घर भएका हरि राजवंशीकी अन्दाजी १२ वर्षीया छोरीलाई घरको भण्डार कोठा भित्रको टेबल निकाल्ने क्रममा विषालु सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घाइते बालिकाको बिर्तामोडस्थित बीएण्डसी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीलेजानकारी दिएको छ।