गौरव र नम्रताको ‘नम्बरी सुन’ साउन २५ मै आउने
काठमाडौं । गौरव पहारी र नम्रता सापकोटाको शीर्ष भूमिका रहेको फिल्म ‘नम्बरी सुन’ को रिलिज मिति हेरफेर गरिएको छ । राजु गिरीको निर्देशन रहेको यो फिल्म भदौ १ गते रिलिज हुने तय भएपनि अब त्यसअघि नै प्रदर्शनमा आउने भएको छ ।
निर्माण टिमले फिल्म साउन २५ मा रिलिज गर्ने घोषणा गर्दै नयाँ पोस्टर समेत सार्वजनिक गरेको छ ।
नारायण खातीको कथा तथा प्रस्तुति रहेको ‘नम्बरी सुन’ मा गौरव र नम्रताका साथै सरोज खनाल, राजाराम पौडेल, विनोद न्यौपाने, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, गीता अधिकारी लगायत कलाकारको अभिनय छ ।
सुवर्ण शिवांश प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । फिल्मका निर्माता सरोज खाती, सविन खाती र मनोज रिजाल छन् ।