अर्जुनधारा–११ स्थित बसपार्कमा शिव स्वरुप लिङ्ग महापुराण शुरु
अर्जुनधारा । श्री कामक्षा पीठ नव दुर्गा भवानी मन्दिरको प्राङ्गणमा भारतको गुहाटी आसामबाट अग्नि कुण्डबाट ननिभाइ दियो ल्याइ २०७४ सालमा यहाँ स्थापना गरिएको र निरन्तर बाली राखिएको जनाइएको छ ।
दीर्घकालिन रूपमा बाली राख्न र मन्दिर जिणोद्वार गरि दैनिक पाठ पुजा संचालन गर्नका लागि अक्षयकोष स्थापनार्थ नौमती बाजासहित कलश सोभा यात्रा श्री शिव स्वरुप लिङ्ग महापुराणको आयोजना गरिएको अध्यक्ष माधवप्रसाद चम्लागाइले बताएका छन् ।