पूर्वी नेपालमा भूकम्पको धक्का,४.५ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु सिक्किम
झापा । पूर्वी नेपालमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहान ७ बजेर १२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भारतको सिक्किम केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । जसको धक्का भारत , बंगलादेश , भूटान र चीनसम्म महसुस गरिएको छ । सिक्किमको सोरेङबाट २ किलोमिटर टाढा सो भूकम्पको केन्द्रविन्दु भएको जनाइएको छ ।