तीन दर्जन जनप्रतिनिधिका लागि मंसिरमा उपनिर्वाचन
काठमाडौ । विभिन्न स्थानीय तहमा रिक्त रहेका ३४ पदको लागि आगामी मंसिरमा उपनिर्वाचन हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरुबीच आज भएको उपनिर्वाचनसम्बन्धी छलफलमा त्यसबारे कुराकानी भएको बताइएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जाडो अगावै निर्वाचनको मिति तय गर्न प्रस्ताव गर्नुभएको थियो । जवाफमा आयोगको टोलीले उपनिर्वाचनको लागि मंसिरको तेस्रो साता उपयुक्त हुने सुझाव दिएको हो ।
प्रधानमन्त्री ओलीले आयोगलाई निर्वाचनमा मितव्ययिता अपनाउनेतर्फ ध्यान दिनपनि आग्रह गर्नुभएको छ ।