बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा
काठमाडौं । साफ यू-२० च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को विजेता बन्दै नेपाल सेमिफाइनल पुगेको छ। बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूहको अन्तिम खेलमा बंगलादेशलाई २-१ गोलले हराएर नेपाल अन्तिम चारमा पुगेको हो। यसअघि आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएका दुवै टोली सेमिफाइनलमा पुगिसकेका थिए।
खेलको १७ मिनेटमा समिर तामाङको गोलबाट नेपालले अग्रता लियो। डिबक्स बाहिर रहेका बंगलादेशका गोलकिपर हसन साब्रोनले बल नियन्त्रण गर्न ढिला गरेपछि समिरले उनको खुट्टाबाट बल खोस्दै खाली पोस्टमा गोल गरेका थिए। त्यसको एक मिनेटपछि निराजन धामीले नेपालको अग्रता दोब्बर पारे। उनले डिबक्स भित्र प्रात पासमा उत्कृष्ट फिनिसिङ गरेका थिए।
अब भारत र माल्दिभ्सबीच शुक्रबार हुने खेलपछि अर्को समूहबाट सेमिफाइनलमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ।