बिर्तामोडमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना गंभीर घाइते
झापा । बिर्तामोडको गिरीबन्धु टी– इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना गंभीर घाइते भएका छन् ।
आज साँझ ५ बजे गिरीबन्धु टी–इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा मुक्तिचोकबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे १० प ३५४४ नं.को मोटरसाइकल र धुलाबारीबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख ९१२२ नं.को ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार इलाम सूर्योदय नगरपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय रुपेश बुढाथोकी र सोही ठाउँ बस्ने २४ वर्षीय दिवाकर राई गंभीर घाइते भएका छन् । उनीहरुको होश नखुलेको बताइएको छ ।
दुवै जनाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि मोटरसाइकल र ट्रक चालक अर्जुनधारा नगरपालिका वडा नम्बर ६ बस्ने ३१ वर्षीय संजय माझीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । ट्रक जिल्ला ट्राफिक प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।