रोङमा गिद्धको प्रतिमा
गोबिन्द पौडेल
पर्यटकिय क्षेत्र करसोङ पदमार्गमा रोङगाँउपालिकाको आयोजना र बीसीएनको संयोजनमा गद्दको सालिक अनावरण भएको छ । रोङगाँउपालिका र बीसीएनको सहलगानीमासचेतनाको लागि सालिक निर्माण गरिएको रोङ गाँउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोले बताए ।
समान्यतया गिद्धलाई हिंसक, फोहोरी र घिनलाग्दो चराको रूपमा हेर्ने गरिन्छ । तर सिनोमा गिद्ध लुछाचुँडी गरिरहेको गिद्धको चर्तिकला, आकाशमा कावाखाँदै उडिरहेका बथान र पर्यावरणीय महत्वलाई बुझ्दा गिद्धलाई प्रकृतिको कुचिकार जस्तै लाग्छ ।
शिकारी चरा भएपनि गिद्ध आफैले शिकार नगरी मरेका जनावरको मासु मात्र खान्छ त्यसैले गिद्धहरु अहिंसाका पुजारीको रुपमा हेर्ने गरेको स्थानियले बताए । गिद्ध पर्यावरणीय चक्र र सनातन खाद्धसृङ्खला सन्तुलन र गतिशीलताको संवाहकका साथै पारिस्थितिकीय स्वस्थताको सूचक पनि हो ।
धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनि देवताको वाहनको रूपमा पुज्ने चलन छ । तथ्याङ्क हेर्दा विश्वमा २३ प्रजाति र नेपाल लगायत दक्षिण एसियामा ९ प्रजातिका गिद्धहरु पाइन्छ ।
रोङ गाउपालिका६ मा अवस्थीत करसोङ करिडोरमा गिद्धको वाससस्थान रहेको छ । यस क्षेत्रमा हरेक बर्ष गिद्धको अध्ययन र अवलोकन गर्न पर्यटकहरु आउने गरेका छन् ।