झापामा भारी वर्षा , सतर्क रहन आग्रह
झापा । झापामा पछिल्लो चौबीस घण्टामा भारी वर्षा भएको छ ।
आज बिहान ९ बजे झापाका तीन बर्षामापन केन्द्रले २४ घण्टामा भारी वर्षा भएको देखाएको हो । केचनामा १७९.८, गौरादहमा १६२.२ , चन्द्रगढी एयरपोर्टमा १४४.२ र अनारमनी बिर्तामोडमा ११६.६ मिमि बर्षा भएको हो ।
त्यस्तै इलामको बर्षामापन केन्द्रहरुमा पनि बर्षा क्रमिक बढ्दै गएको देखिएको छ । कन्काई नदीमा जलस्तर २. ८ मिटर पुगेकोले सतर्क रहन नेपाल रेडक्रस सोसाइटी झापाले आग्रह गरेको छ ।