थापाको घर जलेर नष्ट
झापा । आज दिउँसो भएको आगलागीबाट झापा कमल गाउँपालिका वडा न.१ गडुमारी बस्ने खगेन्द्र थापाको घर जलेर नष्ट भएको छ ।

दिउँसो ३.५० बजे थापाको बाँसको भाटाको टाटीबेरा, टिनको छानो भएको भुइँ घरमा अचानक आगलागी भएको हो । आगलागीबाट घर र घरमा भएको नगद ५० हजार, भाडावर्तन, अन्नपात, लताकपडा गरी अन्दाजी ३ लाखबराबरको क्षति भएको छ ।
उक्त आगो प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोली, स्थानीयबासी र कमल गाउँपालिकाको दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।