ललितानिवास प्रकरण : आज फैसलाको तयारी
काठमाडाैं । बहुचर्चित ललितानिवास जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले बुधबार (आज) फैसला दिने तयारी गरेको छ । मंगलबार दुवैतर्फ र जवाफी बहससमेत सकिएपछि बुधबार फैसलाको तयारी भएको हो ।
विशेषका सदस्यत्रय खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यो मुद्दा दर्ता भएको चार वर्षपछि फैसला सुनाउँदै छ । ‘बहस सकिइसकेको छ । तर, बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । सम्भवतः बिहीबार नै फैसला आउँछ,’ विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीले भने । यो मुद्दा २ माघदेखि हेर्दाहेर्दैमा राखेर सुनुवाइ हुँदै आएको थियो । नयाँ पत्रिकामा खबर छ ।